Patient Education

हिपाटाइटिस विसँग सबन्धित अवधारणाहरु डा. सुधांशु के.सी.

अचेल नेपालमा हिपाटाइटिस बि रोग बढेको जस्तो भान हुने गरी समाचार सुन्न र पढ्न पाईन्छ । यो रोग बढेको भन्दा पनि पहिला भन्दा बढी जाँच हुने भएकोले यसको निदान बढी भएको हो । बैदेसिक रोजगारिको लागि जानेहरुको हिपाटाइटिस जाँच अनिबार्य भएकोले यसको निदान बढी भएको हुन पर्दछ । नेपालमा नबजात शिसुहरुको लागि हिपाटाइटिस बि को लागि खोप अनिबार्य भएको धेरै भएको छैन । अनी सन्क्रमित बिरामीहरु बाट बच्न को लागि खोप लगाउने चलन अझै ब्यापक रुपमा सुरु भैइ सकेको पनि छैन । त्यसैले यो रोग घटेर गएको भने पक्कै पनि छैन ।

जती यो रोग बारे सुन्न पाईन्छ त्यती नै यो रोग बारे भए नभएका कुरा हरु सुन्नमा आउँदछ । यो रोग कसरी सर्दछ भन्ने कुरा धेरै ले नबुझेको पाईन्छ । आफुले नजाने पनि फलानो ने भनेको अथवा मैले सुनेको भनेर आआफ्नो बिचार र धारणा ९अबधारणा० अरु लाई सुनाउने चलन हाम्रो देशमा बढी नै पाईन्छ । जसको घरमा सन्क्रमित ब्यक्ती छ उसको घरमा केही दिन, केही महिना त आँधी बेहेरी आएको जस्तै हुन्छ । मानौ कुनै संकटको घडी आएको छ र त्यसको कुनै समाधान छैन जस्तो अवस्था स्रिजना हुन्छ । त्यसैले यो रोग बारे केही जान्न जरुरी हुन्छ जसले गर्दा यो रोग सँग डराउन पर्ने अथवा रोगी सँग डराएर भागन पर्ने हुँदैन ।

यो रोग बारे बाहिर सुनी कुरा हरु धेरै छन । त्यो सबै बारे कुरा गरेर साध्य नै हुँदैन । यो लेखमा यो रोग बारे सुनिने सबै भन्दा धेरै सुनिने कुरा हरु र ति कुरा हरु कती साँचो अथवा भ्रम हुन्, यस बारेमा जानकारी दिने जमर्को गरिएको छ ।

हिपाटाइटिस वि एड्स भन्दा पनि खतरनाक छ

हिपाटाइटिस वि देखा परेपछि धेरैको मनोवल गिर्ने गर्दछ किनभने यसलाई एड्स रोग भन्दा पनि खतरनाक रोग भनेर चित्रण गरिने गरिएको छ । यो एड्स भन्दा खतरनाक यस हिसाबले मात्र हो कि यो रोग गर्ने भाइरस १ थोपा भन्दा कम रगतबाट सर्न सक्दछ । यो रोगको जिवाणु हावामा धेरै दिन बाँच्न सक्ने भएकोले पनि यो रोगलाई खतरनाक भनेर चित्रण गरेको हुन पर्दछ । तर सबै हिपाटाइटिस वि पोजिटिभ व्यक्तिहरु अरुका लागि खतरा भने हुदैन । उपचार गर्न परिहाले पनि उपचार संवभ भएकोले यो एड्स रोग भन्दा खतरनाक कदापि हाइन ।

हिपाटाइटिस वि ६ महिनामा आफै निको हुन्छ

धेरै मानिसमा यो भ्रम छ कि हिपाटाइटिस वि ६ महिनामा आफै ठिक छ । यसमा अर्ध सत्यता छ । बयस्क मानिसमा हिपाटाइटिस वि पसेको ६ महिना भित्र आफै निको भएर हिपाटाइटिस बि निगेटिभ हुने संभावना ९०५ हुन्छ । यो संख्या नावालकमा १०५ मात्र हुन्छ । त्यसैले हिपाटाइटिस वि देखिएको छ महिनामा नेगेटिभ हुन्छ भन्नु गलत व्याख्या हो । हिपाटाइटिस बि लागेको बिरामी लाई रोग सुरु भएको बेलामा जण्डिस देखा परेमा त्यस्ता बिरामीहरुमा निको हुने र नेगेटिभ हुने सम्भावना बढी रहन्छ । तर लामो समय सम्म हिपाटाइटिस रोग लागेर कलेजो कडा भैइ सकेपछी जन्डिस देखा परेमा यो लागु हुँदैन ।

हिपाटाइटिस बि को उपचार एलाप्याथिमा छैन

यो सरासर गलत अवधारणा हो । जो विरामीको क्रोनिक हिपाटाइटिस छ उसलाई मात्र उपचार गर्नु पर्ने हुन्छ । सबै पोजिटिभ व्यक्तिलाई उपचार गर्न नपर्ने भएकाले औषधि सेवन गर्ने सल्लाह दिइन्न । रगतको जाँचमा एचबिएस एजी पोजिटिभ हुँदा हुँदै पनि उपचार नगरिदिनाले त्यस्ता व्यक्तिहरु बाट यसको प्रचार गरिएको हुन सक्दछ । उपचार गर्नु अघि रगतको विभिन्न जाँचहरु गर्न जरुरी हुन्छ । कुनै अवस्थामा कलेजोको टुक्रा निकालेर जाँच्न पनि जरुरी हुन सक्दछ । तर अचेल उपलब्ध हुने फाइब्रोस्क्यान बाट बायोप्सी नगरिकन कलेजोको कडापन नाप्न र उपचार सम्बन्धी निर्णय लिना सकिन्छ । उपचार गर्नु पर्ने अवस्थाको पहिचान गरेमा इन्जेक्सन (इन्टरफेरोन) र खाने औषधीबाट उपचार गर्न सकिन्छ । यो उपचार पद्दतीबाट रोग निको हुने संभावना वढ्दछ । उपचार पछि नेगेटिभ पार्छु भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । यदि दिन्छ भने गलत हो । इन्जेक्सनबाट उपचार गर्दा ५ देखि ८ प्रतिशतमा नेगेटिभ हुन सक्दछ । इन्टरफेरोन भन्ने औषधी १२ महिना ( पेग इन्टरफेरोन प्रति हप्ता १८० मिलीग्राम ) प्रयोग गर्नाले यो रोग निको हुन सक्दछ । यो सुइवाट दिने ओषधी मह""गो र यसको साइड इफेक्ट धेरै भएकोले हामीकहा" कम प्रयोग गर्ने गरिन्छ । यस वाहेक खाने औषधीहरु जस्तै ः ल्यामिभुडिन (१०० मिलीग्राम ), एडिफोभिर (१० मिलीग्राम ), टेनोफोभिर ९३०० मिग्रा०, एन्टाकाभिर ९०।५ मिग्रा० दैनिक खानाले यो रोग निको हुन सक्दछ । यो रोगको लागि औषधी भने लामो समय सम्म सेवन गर्न जरुरी हुन्छ । बिचमा औषधी छोड्नाले रोग निको नहुने सम्भावना मात्रा हैन त्यो औषधीले भबिष्यमा काम नगर्ने सम्भावना पनि रहन्छ । कोही कोहीमा औषधी सेवन रोके पछि यो फेरी बल्झिन सक्छ ।

हिपाटाइटिस बि को उपचार आर्यूबेदमा छ

आर्यूबेदमा हिपाटाइटिस बि पोजिटिभ देखिने बिक्तिकै उपचार शुरु गर्ने चलन छ । यो सरासर गलत हो । ६ महिना भित्र नेगेटिभ पारिदिन्छु भन्ने धेरैले गर्दछन् । यदि आर्यूबेदमा यसको उपचार सत प्रतिशत संभव हुने भए संसारमा रहेका ३५ करोड हिपाटाइटिस बि संक्रमित व्यक्तिलाई नेपाल बाट औषधी खुवाउन सकियो भने हाम्रो अर्थतन्त्र आयुर्बेदिक् औषधी उध्योगले मात्रा धान्न सकिन्थ्यो होला । आँफै नेगेटिभ हुने अवस्थाका केही बिरामी लाई जडिबुटी खान दिएर मैले निको पारेको हुँ भन्नु बेइमानी हुन्छ । यो एउटा जगन्य अपराध हो । साँच्चि नै ठीक पार्ने हो भने हामी सहकार्य गरेर बढी भन्दा बढी बिरामी हरुलाई ठीक पारेर नेपालअको नाउँ बिस्वमा चिनाउन राजी छौ । कुनै कुनै जडिबुटिमा पाइने फाइल्यन्थस न्यूरीमा यो भाइरस मार्ने क्षमता भने पाइएको छ । तर यसको उपयोगिता स्थापित भएको छैन ।

संगै बस्दा, घुलमील गर्दा यो सर्दछ ।

हिपाटाइटिस बि पोजिटिभ देखिए पछि गोठमा सुत्न दिने लगारएर अफिसमा दुव्र्यवहार गर्ने कुरा बारम्बार सुन्न पाइन्छ । यसको एउटै कारण हो यो कसरी सर्छ भन्ने कुरा थाहा नपाउनु हो । हिपाटाइटिस बि केवल शारिरिक रस (रगत, बिर्य आदि) बाट सर्दछ । त्यसैले संगै बस्दा, कुरा गर्दा, एउटै ओछ्यानमा सुत्दा सर्दैन । प्राकृतिक यौन संपर्क गर्दा सर्ने संभावना भए पनि एक दम न्यून छ । वीर हस्पिटलमा लेखकको वो पि डि मा सन् २००४ देखी २०१० सम्म पहिलो पल्ट हेरिएका बिरामी हरुमा सर्ने तरिका निम्न प्रकारका देखिएको छ ।

  बिरामी संख्या प्रतिशत
सन्क्रमित आमा बाट बच्चामा सरेको ५६४ ३०.६ %
रगत चढाएपछि सरेको ९४ ५.१%
सल्यकृया पछी सरेको ४७ २.५%
डायलाइसिस पछी सरेको ५२ २.८%
श्रीमान अथवा श्रीमती बाट एक अर्कामा सरेको १३ ०.७%
सर्ने तरिका थाहा नभएको १०७२ ५८.३%
जम्मा १८४२ १००

जुन तरिकाले सरे पनि गर्ने रोग एउटै हुन्छ । सर्ने तरिका र हुने असर को केही सम्बन्ध छैन । आमा बाट बच्चामा सरेको हो भने अरु सन्तानमा हुन सक्ने भएकोले सर्ने तरिका थाहा पाउन जरुरी हुन्छ । यस अवस्थामा परिवारको अरु सदस्य हरुको रगत जाँच गर्न जरुरी हुन्छ ।

हिपाटाइटस बि यसको व्यक्तिले खाना बार्न पर्दछ ।

विभिन्न उपचार पद्धतिमा हिपाटाइटिस बि पोजिटिभ देखिए पछि खाना बार्ने सल्लाह दिइने गरेको पाइएको छ । यो सरासर गलत हो । चिल्लो, पिरो, अमिलो र हिपाटाइटिसको कुनै संबन्ध छैन । कसैको त माछा, मासु सम्म बार्न लगाउने गर्दछन् । बार्न पर्ने कुरा भने रक्सि र रक्सिजन्य पदार्थ मात्र हो जसले कलेजाको खराबी बढाउने गर्दछ । धेरै बिरामीहरुले सोध्ने एउटा साझा प्रश्न छ्, डाक्टर साहेब कलेजो बलियो पार्न कस्तो खाना खान पर्छ रु त्यस्तो केही खाना हुँदैन । सन्तुलित आहार लिने गर्नाले हाम्रो कलेजो स्वस्थ्य रहन्छ । हाम्रो समाजमा बिहान लिभ(५२ खाएर राती रक्सी सेवन गर्ने ब्यक्ती धेरै भेटिन्छन्, जुन धेरै अब्यवहारिक कुरा हो ।

( लेखक बिर हस्पिटलको लिभर युनिटमा कार्यरत हुनुका साथै नर्भिक हस्पिटलमा कलेजो रोग विशेषज्ञ हुनु हुन्छ । )