Patient Education

जण्डिस

हाम्रो देशमा जण्डिसको प्रकोप बर्षभरी नै रहिरन्छ । जनमानशमा जण्डिस भन्नाले यो कलेजोको रोग भन्ने पाइएको छ । जण्डिसको शंका लाग्ने वित्तिकै खाना बार्ने काम शुरु हुन्छ र यो प्रक्रिया ६ महिना बर्षदिन सम्म जारी रहन्छ । तर धेरै रोगमा जण्डिस हुन सक्दछ । यो रोग नभएर रोगको लक्षण मात्र हो । जण्डिस भनेको रोग हो भन्ने धारणा भएको र हाललाई यसले चर्चा पाएकोले यस सम्बन्धि जानकारी दिन प्रयास गरिएकोछ ।

जण्डिस भनेको के हो -

रगतमा विलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुख भित्र पहेलो हुनुलाई जण्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षण मात्र हो । साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ मिलीग्रामर१०० एम।एल। भन्दा कम हुन्छ । बिलिरुबिनको मात्रा ३ मीलीग्राम भन्दा बढी भएमा मात्र आँखा पहेलो देखिन्छ । रगतमा विलिरुविनको मात्रा अत्याधिक भएमा यो पहेलोबाट हरियो मिश्रति पहेलो हुन्छ ।

जण्डिस किन हुन्छ -

जण्डिसको कारक तत्व विलिरुविन रगतको रातो कणबाट आउँछ । रातो कणको १२० दिनको उमेर पुगेपछि यो फियोमा गएर नष्ट हुन्छ । विभिन्न प्रकृया पुरा भएपछि यसबाट विलिरुविन निस्कन्छ र रगतमा जान्छ रगतमा भएको विलिरुविनलाई कलेजोको कोषहरुले लिएर पित्तमा फ्यालिदिन्छ । पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रीत विलिरुविन पित्तको नली हुदै सानो आन्द्रमा जान्छ । सो आन्द्राबाट फेरी सोसिएर ८०५ जति पुन रगतमा जान्छ । यसरी रगतमा विलिरुविन सधै रहिरन्छ । कलेजोमा जानु अघिको विरुविनलाई कन्जुगेटेड विलिरुविन भनिन्छ । सामान्य अवस्थामा यि दुवै विलिरुविन मिलाएर १ मिलीग्रामर१०० एम एल रगतमा भन्दा कम हुन्छ। कुनै कारणले यो मात्रा बढी भएमा यस अवस्थलाई जण्डिस भनिन्छ । आँखामा देखिनलाई यो मात्रा ३ पुग्नु पर्दछ ।

विलिरुविन विभिन्न अवस्थामा बढन सक्छ र जण्डिस देखा पर्ने ३ विशेष अवस्थाहरु छन ।

  • १) रगतको रातो करण अध्याधिक नष्ट भएर अध्याकि विलिरुविन निस्केर कलेजोले त्यसलाई लिन नसक्नु ।
  • २) कलेजोको रोग लागेर रगतबाट विलिरुविन लिएर पित्तमा फ्याक्न नसक्नु
  • ३) पित्तको नली कुनै कारणले अवरुद्ध भएर पित्त आन्द्रामा जान नसक्नु ।
जण्डिसले के असर गर्दछ

साधारण जण्डिस आफैले नवजात शिशु वाहेक अरुलाई असर गर्देन । नवजात शिशुमा १० भन्दा बढी विलिरुविन वढेमा यसले मगजमा पसेर विभिन्न नशा सम्वन्धी समस्या गर्न सक्दछ । वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन । २५ भन्दा माथि पुगेमा, मृगौलाको समस्या भएमा व्यक्तिहरुमा मृगौला खराव हुन सक्दछ । नत्र विलिरुविनले आँखा र छाला पहेलो हुने, पिसाव गाढा हुने, दिशाको रङ्ग हलुका पहेलो । कहिले काही माटो जस्तो हुने गर्दछ । यस वाहेक विलिरुविनको कारणले सारा शरिर चिलाउन सक्दछ । तर्सथ जण्डिस आफैले कुनै खास समस्या गर्दैन भने बुझ्न जरुरी छ । कुन कारणले जण्डिस भएको हो उक्त कारणले गर्दा हुने लक्षणहरु भने छुट्टा छुट्टै हुन्छ ।

जण्डिसका कारणहरु

जण्डिसका कारणहरुलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।

  • १) अध्याधिक विलिरुविन उत्पादन हुनु
    शरिरमा अध्याधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फ्याल्न नसक्दा जण्डिस हुन सक्छ । यस किसिमको जण्डिसमा विलिरुविन ५ मि।ग्रा। भन्दा बढी हुँदैन र यसको मात्रा बढ्ने घटने भइरहन्छ । निम्नलिखित अवस्थामा यस किसिमको जण्डिस हुन सक्दछ ।
    • क) रगतको रातो कण अध्याधिक मात्रामा नष्ट हुनु (हेमोलाइटिक जण्डिस० । यस अवस्थामा रातो कणको बनावटमा फरक पर्नाले फियोमा अध्याधिक मात्रामा नष्ट हुन जान्छ र विलिरुविनको मात्र बढन जान्छ ।
    • ख) असामान्य अवस्थाको रातोकण वन्नु (इनइफेक्टिभ इर्र्रिोपोइसिस० । विभिन्न कारणले गर्दा रातो कण भन्दा असामान्य अवस्थाको रातो कण वन्दछ जसको आयु सामान्य रक्तकणको १२० दिन भन्दा कम हुन जान्छ । फियोमा नष्ट हुने क्रम बढ्छ र विलिरुविनको मात्रा बढ्न जान्छ ।
    • ग) शरिरको कुनै उँमा अत्याधिक रक्तश्राव पछि जमेको रगत विस्तारै शोसिदै जान्छ । यदि त्यसको मात्रा बढि छ र शोसिने क्रम चाडै हुन जान्छ भने त्यस अवस्थामा पनि जण्डिस हुन सक्दछ ।
  • २) कलेजोको रोगहरु
    कुनै पनि कलोजोको रोगमा जण्डिस हुन सक्दछ । कलेजेको कारणले हुने जण्डिसलाई ३ भागमा विभक्त गर्न सकिन्छ ।
    • क) जन्मजात रोग
      रगतमा भएको विलिरुविनलाई कलेजोमा लिएर पित्तमा फ्याक्नलाई चाहिने इन्जाइमको कमीले गर्दा विलिरुविनको मात्रा बढेर जण्डिस हुन सक्दछ । गिलवर्ट सिण्ड्रोम, क्रिगलर नाजार सिण्ड्रोम, रोटोर सिण्ड्रोम र डुविन जोनशन सिण्ड्रोममा जण्डिस देखा पर्दछ । साधारणतया विलिरुविन ५ म्र्रिा र विशेष अवस्थामा १० म्र्रिा पुग्न सक्दछ ।
    • ख) एक्युट हिपाटाइटिस
      कलेजोको अल्पकालिन रोगलाई एक्युट हिपाटाइटिस भनिन्छ । यसमा कलेजो सुन्निने र कलेजोले काम गर्न नसक्ने हुनाले जण्डिस देखा पर्दछ । पानीबाट र्सर्ने हिपाटाइटिस इ र ए यसका प्रमुख कारणहरु हुन । यस वाहेक कम मात्रामा भए पनि रगत र अन्य शारिरीक रसबाट र्सर्नै हिपाटाइटिस वि र सि बाट पनि हुन सक्दछ । विभिन्न औषधीहरु सेवन गर्नेमा पनि यो देखिन सक्छ । जस्तै टिवी रोगका केही ओषधीहरु, साइड इफेक्टस नहुने भनिएका केही आयर्ुर्वेदिक औषधीले पनि जण्डिस गर्न सक्दछ । अत्याधिक मात्रामा रक्सी र रक्सिजन्य पदार्थ सेवन गर्नाले पनि जण्डिस हुन सक्दछ ।
    • ख) क्रोनिक हिपाटाइटिस
      कलेजेको दिर्घकालिन रोगलाई क्रोनिक हिपाटाइटिस भनिन्छ । हिपाटाइटिस वि र सि ले गरेको एक्युट हिपाटाइटिस ६ महिना भित्र आफै ठिक नभएमा क्रोनिक हिपाटाइटिस गर्न सक्दछ र कालान्तरमा जण्डिस हुन्छ । यस वाहेक अन्य रोगहरु जस्तै अटोइम्युन हिपाटाइटिस, प्राइमरी विलियरी सिरोसिस, विलसन डिजिज, बड चियारी सिण्ड्रोम आदिहरुमा जण्डिस देखा पर्न सक्दछ । तर हाम्रो देशमा रक्सी र रक्सी जन्य पदार्थ अध्याधिक र लामो समयसम्म प्रयोग गर्नाले कुनै समयमा जण्डिस देखा पर्दछ । रक्सी धेरै खाने मान्छेमा जण्डिस देखा परेमा अवस्था निकै गंभिर भएको बुझ्नु पर्दछ ।
    • घ) कलेजोको क्यान्सर
      कलेजोमा हुने क्यान्सर (कलेजोको क्यान्सर अथवा अंग अंगबाट आएको क्यान्सर० ले गर्दा पनि जण्डिस हुन सक्दछ । यस अवस्थामा हुने जण्डिस कलेजोले काम गर्न नसकेर भन्दा पनि कलेजो पित्त नली वन्द भएर हुने गर्दछ ।
  • ३) पित्तको नली बन्द हुनु
    कुनै कारणले पित्तको नली वन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढन सक्छ । यस किसिमको जण्डिसलाई र्सर्जिकल जण्डिस पनि भनिन्छ । यस किसिमबाट हुने जण्डिसमा विलिरुविनको मात्रा बढ्ने, घट्ने हुने, पेटको दुखाई हुने र धेरै जसोमा ज्वरो आउने हुन्छ । सारा शरिर चिलाउने, सेतो, गन्हाउने दिशा हुन सक्दछ । यस किसिमको जण्डिसको कारणहरुमा पित्तको नलीमा ढुङ्गा हुनु, पित्तको नलीको क्यान्सर, पित्तको नली खोलीने ठाउँ र प्यानक्रियाजको क्यान्सरमा यस किसिमको जण्डिस हुन्छ । कहिलेकाली जुका पित्तको नलीमा गएर वसिदिनाले पनि जण्डिस देखा पर्दछ ।
जण्डिसको उपचार

जण्डिस कुनै रोग नभएर रोगको लक्षण मात्र भएकोले यसको कुनै उपचार गर्नु पर्देन । विलिरुविनको मात्रा १ म्र्रिा। हुनु र ५ म्र्रिा हुनुमा शरिरमा कुनै फरक पर्दैन । बढ्दै गएमा रोग बढ्दै गईरहेको हुन सक्दछ । त्यसैले एकचोटी जण्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ र त्यसको उपचार गर्नु पर्ने हुन सक्दछ । कतिपय रोगहरुले जण्डिस गरेतापनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्देन । जस्तै हानीरहित जन्मजात रोग गिलवर्ट सिण्ड्रोम आदिको उपचार नगर्दा विरामीको आयू घट्दैन । हिपाटाइटिस इ, ए र हिपाटाइटिस वि ले गर्ने एक्युट हिपाटाइटिसमा भइसकेको कुनै उपचार गर्न पर्दैन । जण्डिसको कारण अनुसार त्यसको उपचार गर्ने तरिकाहरु पनि फरक हुने गर्दछ ।

जण्डिसको निदान

विरामीहरुले भनेका लक्षणहरुबाट कुन किसिमको जण्डिस हो अनुमान गर्न सकिन्छ । त्यस बाहेक बिरामीका शरिरमा देखिने परिवर्तन हेरेर पनि रोग ठम्याउन सजिलो हुन्छ । रगतको विभिन्न किसिमको जाँच गरेर जण्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्टा्रसाउण्ड ( भिडियो एक्सरे ० ले शल्य चिकित्साबाट उपचार गर्न पर्ने जण्डिस छुट्याउन सकिन्छ । अन्य जटिल अवस्थामा सिटि स्क्यान, एम।आर।।आई।र्,र् इ। आर। सि। पी। आदिको मद्दत लिन पर्ने हुन सक्छ । कुनै अवस्थामा रोगको यकिन गर्न गाह्रो भएमा कलेजोको टुक्रा निकालेर ( बायोप्सी ० जाँच गर्नु पर्दछ । तर्सथ आँखा हेरेर र नाडि छामेर मात्र सब किसिमको जण्डिसको निदान किमार्थ हुँदैन ।

आयर्ुर्वेदिक औषधी

हाम्रो समाजमा जण्डिस र आयर्ुर्वेदिक उपचार पर्यावाची जस्तो भै सकेको छ । जण्डिस भएर आयर्ुर्वेदमा नजाने १० प्रतिशत भन्दा कम पाइन्छ । सवै किसिमको जण्डिसको एउटै उपचार कदापी हुन सक्दैन । माथि भने जस्तै कुनै जण्डिसको उपचार नै गर्न नपर्ने हुन सक्दछ तर पनि त्यस अवस्थाको उपचार भईरहेको पाइन्छ । कतिपय जण्डिसका रोगीहरुलाई शल्य चिकित्सकको जरुरी हुने गर्दछ । त्यस अवस्थामा आयर्ुर्वेदिक साथै एलोप्याथिक उपचारले अवस्था विगार्न सक्दछ र उपचार नहुने स्थिति पनि आउन सक्दछ । हाम्रो देशमा हुने जण्डिसका प्रमुख कारक तत्व हिपाटाइटिस इ र ए आफै निको हुने रोग हुन । यसको अनावश्यक उपचार गरेर विरामीको अवस्था व्र्रिन सक्दछ । एक देखि २ महिना भित्र निको भइसक्नु पर्ने रोग ६(७ महिनासम्म लम्विने गरेको पनि पाइएको छ ।

लिभर टनिक

जण्डिस भएका बिरामीहरु र रक्सी अथवा रक्सी जन्य पदार्थ सेवन गर्ने मानिसहरु बिच लिभर टनिक प्रख्यात हुने गरेको पाइन्छ । आधुनिक चिकित्सा पद्घतिमा यस्तो कुनै औषधिको उल्लेख पाइँदैन । आयर्ुर्वेदिक उपचार पद्घतिमा मात्र यसको प्रयोग हुने गरेको छ । सबै किसिमको जण्डिसमा प्रयोग हुनाले यसको उपयोगितामा शंका गर्ने ठाउँ प्रसस्त छ । पित्तको नलीमा ढुङ्गा भएर अथवा पित्तको नलीको क्यान्सर भएर हुने जण्डिसमा यसले काम गर्ला त

जण्डिस र खानेकुरा

हाम्रो समाजमा जण्डिस भन्ने वित्तिकै उसिनेको खानेकुरा, नून वेसार नभएको, गाजर, क्राँक्रो, मेवा ग्लुकोज र उखको रस खाने चलन छ । धेरै जसो आयर्ुर्वेदिक चिकित्सकले पनि यहि सल्लाह दिने गरेको पाइन्छ । जण्डिस भएको अवस्थामा कलेजो र पित्तको नलीको कारणले चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकोले चिल्लो कम गर्नु पर्ने हुन्छ । अन्यथा कुनै खाना वार्नु जरुरी हुदैन । घरमा खाइने सामान्य खानेकुरा खाएर पनि फाइदा हुने गर्दछ । क्यान्सरले गरेर हुने जण्डिसमा खाना वारेर रोगीको अवस्था खराव हुनु वाहेक अरु केही हुदैन । नून वारेर शरिरमा नूनको मात्रा कम भएर विरामीहरु बेहोश हुने गरेको पनि पाइन्छ । जुन सुकै जण्डिस भएपनि उमालेर चिसो वनाएको पानी पिउँदा राम्रो हुन्छ ।